२०८३ बैशाख ३ गते , विहीबार
अब विमानस्थलमा बिदाइ गर्न जाँदा एक यात्रुबराबर तीन जना मात्रै जान पाइने
नेपाल नागरिक उड्डयन, त्रिभुवन विमानस्थल कार्यालयले सूचना जारी गर्दै एक यात्रुको बिदाइमा बढीमा तीन जनासम्म मात्र आउन भनेको छ ।
एक जना यात्रुको बिदाइमा १० जनासम्म विमानस्थल पुग्दा विमानस्थल हाताभित्र अत्यधिक भिडभाड हुने गरेको भन्दै सो कार्यालयले कम आफन्त आएर सहयोग गर्न अनुरोध गरेको हो ।
विमानस्थल प्रशासनले पटक पटक सूचना निकाल्दै यस्तो अनुरोध गर्दै आएको भएपनि त्यसको प्रभाव भने देखिएको छैन ।
अनावश्यक भीडले सुरक्षा चुनौती थपिने र स्वदेशी तथा विदेशी हवाई यात्रुको आवागमनमा असुविधा भएको समेत विमानस्थल व्यवस्थापनले जनाएको छ ।