२०८३ बैशाख ३ गते , विहीबार

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते

sajilo news
झापा
२०८२ चैत्र २८ गते , शनिबार
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु, छोरा घाइते

बाँकेको कोहलपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा जाजरकोटको छेडागाउ नगरपालिका–५ की ५७ वर्षीया देवीसरा रावत रहेकी छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार कोहलपुर नगरपालिका–१५, अक्कलघरवा जाने भित्री सडकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा रावतको घटनास्थलमै मृत्यु भएको हो। सो घटनामा मोटरसाइकल चालक उनका छोरा सुदीप रावत गम्भीर घाइते भएका छन्।

स्थानीय गुरुवा गाउँदेखि हवलदारपुरतर्फ गइरहेको कर्णाली प्रदेश ०२–००१ ब ०३६१ नम्बरको मोटरसाइकललाई हवलदारपुरबाट गुरुवागाउतर्फ गइरहेको भे १ ख ३२३२ नम्बरको टिपरले अक्कलघरवामा ठक्कर दिएको थियो। 

सम्बन्धित समाचार