२०८३ बैशाख ३ गते , विहीबार
बिर्तामोडमा चिप्स र फर्निचर उद्योगमा आगलागी
झापाको बिर्तामोड नगरपालिका-४ आनन्दगंजस्थित दुई वटा उद्योगमा आगलागी भएको छ । आज बिहान ४१५ बजेतिर भक्तिप्रसाद उप्रेतीले सञ्चालन गरेको झापाली चिप्स फ्याक्ट्री र चन्द्रप्रसाद खरेलले सञ्चालन गरेको सौगात काष्ठ फर्निचरमा आगलागी भएको हो ।
आगलागीबाट करोडको हाराहारीमा क्षति भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली , सशस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेको टोली , बिर्तामोड , भद्रपुर र मेचीनगर नगरपालिकाको दमकल तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको जनाइएको छ ।