२०८३ बैशाख ३ गते , विहीबार

झापामा मलामी सवार ट्याक्टरबाट झरेर सह-चालकको मृत्यु

sajilo news
झापा
२०८३ बैशाख १ गते , मंगलबार
झापामा मलामी सवार ट्याक्टरबाट झरेर सह-चालकको मृत्यु

झापामा मलामी सवारको ट्याक्टरबाट झरेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका सहचालक कनकाई नगरपालिका-१ निवासी २५ वर्षीय विनोद दनुवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार दिउँसो २ बजेतिर पूर्व पश्चिम राजमार्गमा दुर्गापुरबाट माई खोलातर्फ १५ जना मलामी लिएर जाँदै गरेको को २ त ७४९७ नम्बरको ट्याक्टर कुदिरहेको अवस्थामा ट्याक्टरको डालामा बसेका सहचालक दनुवार सडकमा खस्दा गम्भीर घाइते भएका थिए ।

उनलाई कनकाई नगर अस्पताल सुरुङगामा लगिएकोमा थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ पठाइएको थियो । उनको उपचारको क्रममा दिउँसो २:५० बजे मृत्यु भएको थियो । यता इलाका प्रहरी कार्यालय सुरुङगाले ट्याक्टरसहित ट्याक्टर चालक कनकाई-१ निवासी ३० वर्षीय राजु नेपालीलाई नियन्त्रणमा लिएको छ । 

 

सम्बन्धित समाचार