२०८२ माघ ५ गते , सोमबार

म्यानमारमा सैनिक ‘कू’ : एक वर्ष संकटकाल घोषणा, टेलिफोन र इन्टरनेट सेवा ठप्प

sajilo news
पार्थ मण्डल
२०७७ माघ १९ गते , सोमबार
म्यानमारमा सैनिक ‘कू’ : एक वर्ष संकटकाल घोषणा, टेलिफोन र इन्टरनेट सेवा ठप्प

एजेन्सी । म्यानमार आजैबाट सैनिक शासन लागु गर्ने घोषणा गरिएसँगै टेलिफोन र इन्टरनेट सेवा ठप्प गरिएको छ । हालै त्यहाँको स्थानिय निर्वाचनमा विवाद उत्पन्न भएसँग सेनाले सत्ता हातमा लिएको हो । सेना समर्थित टेलिभिजनबाट भिडियो जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको हो। गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ। सन् २०११ मा प्रजातान्त्रिक सुधार सुरु नभएसम्म म्यानमारलाई बर्मा पनि भनिने गरिन्थ्यो।

बीबीसीकाअनुसार सेनाले सोमबार भने कि उनले कमाण्डर इन चीफ मिन आङ्ग ह्लाईङ्गलाई शक्ति हस्तान्तरण गरिरहेको छ। सिपाहीहरू म्यानमारको राजधानी, नाय पाय ताव, र मुख्य शहर, यांगुनको सडकमा छन्। आजै बिहान स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएको बताएको छ। राजधानीसहितका शहरहरुमा टेलिफोन र इन्टरनेट सेवा पारिनुका साथै बैंकका एटिएमहरु समेत बन्द भएको बताईएको छ । अब यी सेवाहरु पुन कहिले सुचारु हुन्छन भन्ने कुनै जानकारी छैन् ।

सम्बन्धित समाचार