२०८२ माघ ५ गते , सोमबार
पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा झापामा एक युवकको घटनास्थलमै मृत्यु
झापा । पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा झापामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ३ निवासी ३० वर्षीय राजकुमार खेमदेन लिम्बु रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार सोमबार दिउँसो शिवसताक्षी १ स्थित लामा बस्तीको भित्री सडक खण्डमा मे १ ज १५२८ नम्बरको पिकअप भ्यानले मे ६ प ५०६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता ठक्कर दिने पिकअप भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ, घटनास्थलबाट फरार भएका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।