२०८२ माघ ५ गते , सोमबार

वीरता जेसीजको प्रि इन्डक्सन एन्ड लोम अफिसर्स तालिम

sajilo news
पार्थ मण्डल
२०७७ माघ १९ गते , सोमबार
वीरता जेसीजको प्रि इन्डक्सन एन्ड लोम अफिसर्स तालिम

झापा । वीरता जेसीजको आयोजनामा बिर्तामोडमा प्रि इन्डक्सन एन्ड लोम अफिसर्स तालिम सम्पन्न भएको छ । वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष विशाल थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक वीरता जेसीजका तालिम संयोजक प्रभात मास्केले  स्वागत गरेका थिए ।

वीरता जेसीजका उपाध्यक्ष अमर जित शाहले आस्था वाचन गरेको कार्यक्रममा सदस्य वरुणकुमार जैसवालले जेसीआई मिसन भिजन वाचन गरेका थिए ।

 कार्यक्रममा सहभागीलाई नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष विशालले वीरता जेसीजका कार्यसमितिका पदाधिकारीहरूको काम ,कर्तव्य र अधिकारका बारेमा र नयाँ सदस्यहरूलाई जेसीजको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठ (एलसी)ले गरेको  अवार्ड संयोजक सञ्जय राजवंशीले जानकारी दिए ।

सम्बन्धित समाचार