२०८२ माघ ५ गते , सोमबार
उद्योगी पराजुली राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय सदस्यमा मनोनीत
झापा । भद्रपुरका युवा उद्योगी आदित्य पराजुली राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय सदस्य पदमा मनोनीत भएका छन् । नेपाल चिया उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष समेत रहेका पराजुलीलाई इलाममा सोमबार आयोजित एक कार्यक्रमका बिच सदस्य पदमा मनोनीत गरिएको घोषणा गरेका थिए ।
बोर्डको विधान अनुसार चिया क्षेत्र (एनटिपिए) बाट एक जना बोर्ड सदस्य चयन गर्नुपर्ने र सोही बमोजिम उनलाई सदस्यमा मनोनीत गरिएको जनाइएको छ । पराजुली टी स्टेट भद्रपुरका प्रबन्ध निर्देशक, पराजुली ब्रदर्श एन्ड ग्यास इण्डष्ट्रिज (त्रिशक्ति ग्यास) का प्रबन्ध निर्देशक समेतका रहेका पराजुलीको घर भद्रपुर नगरपालिका ८ मा रहेको छ ।