२०८२ माघ ५ गते , सोमबार

झापामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ माघ २० गते , मंगलबार
झापामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गौरादह गाउँपालिका–४ मा सोमबार साँझ दुई वटा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको हो । मे १० प ११६७ र मे ४ प २२७२ नम्बरको मोटरसाइकल आपसमा जुध्दा गम्भीर घाइते भएका गौरादह गाउँपालिका–५ का ३४ वर्षीय होमप्रसाद उप्रेतीको उपचारका क्रममा बी एन्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गौरादह गाउँपालिका–३ का २६ वर्षीय अजय राजवंशी र २२ वर्षीय नन्द किशोर राजवंशी घाइते भएका छन् । उनीहरूको बी एन्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार