२०८२ माघ ५ गते , सोमबार

कोठामै लागुऔषधको कारोबार, दमकमा दुई जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ माघ २१ गते , बुधबार
कोठामै लागुऔषधको कारोबार, दमकमा दुई जना पक्राउ

भद्रपुर । झापामा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा दमक नगरपालिका ९ बुद्धटोल बस्ने २० वर्षीय अजय राई र उनकै कोठामा बस्ने २५ वर्षीय विकल बिशुङखे रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।  विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले राईको सुत्ने कोठामा खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको २ ग्राम लिसाईलो पदार्थ, एउटा डिजिटल तराजु र नगद सात हजार र दुई थान मोबाइल बरामद गरेको थियो ।  यता पक्राउ परेका दुबैलाई इलाका प्रहरी कार्यालय दमकले झापा जिल्ला अदालत झापाबाट म्याद थप गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइसकेको जनाइएको छ ।

सम्बन्धित समाचार