२०८३ बैशाख १० गते , विहीबार

बिरिङ पुलमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७७ माघ २१ गते , बुधबार
बिरिङ पुलमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु

भद्रपुर  । दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा  शिवसतासी नगरपालिका- ९ बस्ने २३ वर्षीय करण कार्की रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । 
प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्गमा अन्तरगत कनकाई- ८ बिरिङ पुलमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ११ प ५७६७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ७९प ७८८५ नम्बरको मोटरसाइकल मंगलबार राती एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । 
दुर्घटना परी   बा ७९ प ७८८५ मोटरसाइकल चालक कार्कीको कम्मरको बायाँ साइडमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल  उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । 
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धरान लगिएको र धरानले पनि त्यहाँबाट रेफर गरी दिएपछि उनलाई उपचारका लागि भारतको सिलीगुढी लैजाने क्रममा काँकडभिट्टा नाकामै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता इलाका प्रहरी कार्यालय झिलझिलेले मे ११ प ५७६७ नम्बरको मोटरसाइकल चालक दमक नगरपालिका- ५ बस्ने ४५ वर्षीय भिमबहादुर लिम्बुसहित दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।  

सम्बन्धित समाचार