२०८२ माघ ५ गते , सोमबार
घरमा आगलागी हुँदा ७ वर्षीय बालकको जलेर मृत्यु
खोटाङ । खोटाङको रावाबेशी गाउँपालिका ४ का उत्तम मगरको घरमा आगलागी हुँदा जलेर एक बालकको मृत्यु भएको छ । मगरकै ७ वर्षीय छोरा जेसेन मगरको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलवार दिउँसो ३ बजेको समयमा मगरको घरमा अचानक आगलागी हुँदा ७ वर्षीय बालकको जलेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।