२०८२ माघ ५ गते , सोमबार

बिर्तामोडको कुर्मुरे फ्याक्ट्रीमा भीषण आगलागी, ९ करोड बढीको क्षति

sajilo news
पार्थ मण्डल
२०७७ माघ २२ गते , विहीबार
बिर्तामोडको कुर्मुरे फ्याक्ट्रीमा भीषण आगलागी, ९ करोड बढीको क्षति

झापा । बिर्तामोड नगरपालिका २ लालमाटीमा रहेको कुर्मुरे फ्याक्ट्रीमा आगलागी हुँदा ९ करोड बढीको क्षति भएको छ । गएराति ११ बजेतिर विद्युत सर्ट भई त्यहाँ अचानक आगलागी भएको थियो ।

आगलागीबाट ९ करोड ३ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सो फ्याक्ट्री १५ कठ्ठामा फैलिएको छ । आगो निभाउन बिर्तामोड , भद्रपुर , दमक , मेचीनगर र पानीट्यांकीको गरी ५ वटा दमकल बोलाइएको थियो ।

आगो नियन्त्रणभन्दा बाहिर गइसकेकाले ठूलो क्षति भएको बिर्तामोड नगरपालिकाका दमकल इन्चार्ज चन्द्रबहादुर पौडेलले बताए । आफूहरु अझै घटनास्थलमै रहेको उनले बताए ।

सम्बन्धित समाचार