२०८२ माघ ५ गते , सोमबार

सैन्य शासन : म्यानमारमा फेसबुक प्रयोगमा प्रतिबन्ध

sajilo news
पार्थ मण्डल
२०७७ माघ २३ गते , शुक्रबार
सैन्य शासन : म्यानमारमा फेसबुक प्रयोगमा प्रतिबन्ध

एजेन्सी । सैन्य ‘कु’ भएको म्यानमारमा फेसबुक सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । देशमा स्थायित्व कायम राख्न फेसबुकमा प्रतिबन्ध लगाइएको  अधिकारीहरूले जनाएका छन् । सोमबार भएको सैनिक ‘कु’पछि अधिकांश नागरिकले फेसबुककै माध्यमबाट आफ्नो विरोध दर्शाउँदै आएकोमा अब त्यसमा पनि अंकुश लागेको छ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार फेब्रुअरी ७ सम्म फेसबुक चलाउन रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सम्बन्धित समाचार