२०८२ माघ ५ गते , सोमबार

सेनाको उपसेनानी भन्दै ११ लाख बढी ठगी गर्ने पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ माघ २३ गते , शुक्रबार
सेनाको उपसेनानी भन्दै ११ लाख बढी ठगी गर्ने पक्राउ

झापा । सेनाको उपसेनानी (लेफ्टीनेण्ट) बनेर ठगी हिँड्ने र उनका सहयोगीलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।  सुनसरीको इटहरी बजारक्षेत्रमा सर्वसाधारण तथा व्यापारीलाई रेड मर्करीको व्यापारमा फाइदा हुन्छ भन्दै ठगी हिँडेको अवस्थामा पर्सा ठोरी गाउँपालिका–५ का २८ वर्षीय शिवकुमार कार्की (पोसाकमा शिवजङ कार्की नेम प्लेट भएको) लाई इप्रका इटहरीले पक्राउ गरेको हो ।

उनले विगत १५–१६ दिनयतादेखि ठगी गर्दै आएको सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा ठगी गरेको खुलेको हो । प्रहरीले बुधबार इटहरी–६ सामुदायिक अस्पताल अगाडिबाट नेपाली सेनाको कम्ब्याट पोसाक लगाएकै अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेको अवस्थामा उनले उपसेनानीको दज्र्यानी चिन्हसहितको पोसाक पनि लगाएका थिए । 

रेड मर्करीको व्यापारको नाममा विभिन्न व्यक्तिबाट रकमसमेत लिएको स्वीकार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनको साथबाट ३३ हजार ४ सय ५० रुपैयाँ नगद, विभिन्न बैङ्कको एटिएम र आइएमईका रसिद तथा विभिन्न कम्पनीका चारथान मोबाइल सेट पनि बरामद गरिएको छ । हालसम्म उनले विभिन्न व्यक्तिबाट ११ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार