२०८२ माघ ५ गते , सोमबार

आईपीएलको अक्सन सूचीमा ८ नेपाली खेलाडीको नाम दर्ता 

sajilo news
पार्थ मण्डल
२०७७ माघ २३ गते , शुक्रबार
आईपीएलको अक्सन सूचीमा ८ नेपाली खेलाडीको नाम दर्ता 

झापा । लिग ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्शनमा ८ जना नेपाली खेलाडी परेका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले शुक्रबार जारी गरेको सूचीअनुसार नेपालबाट ८ खेलाडी अक्सनमा परेका हुन् । नेपाल क्रिकेट संघले अक्शनमा परेका आठ खेलाडीको नाम सार्वजनिक गरेको छ । क्यानले अक्शनमा सन्दीप लामिछाने, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा र दीपेन्द्र सिंह ऐरीकोे नाम पठाएको जनाएको छ ।

यस वर्षको आईपीएलका लागि कुल १ हजार ९७ जना खेलाडी अक्सनका लागि दर्ता भएका छन् । बीसीसीआईका अनुसार २७ जना खेलाडी एसोसियट राष्ट्रबाट अक्सनमा दर्ता भएका छन् । आईपीएलको नयाँ सिजनका लागि भारतका ८ सय १४ र बाहिरका २ सय ८३ खेलाडी अक्सनमा परेका छन् ।

सम्बन्धित समाचार