२०८२ माघ ५ गते , सोमबार

विवाहित छोरीको गोली हानी हत्या गर्ने बुबा फरार

sajilo news
पार्थ मण्डल
२०७७ माघ २४ गते , शनिबार
विवाहित छोरीको गोली हानी हत्या गर्ने बुबा फरार

बैतडी । बैतडीमा एक वृद्धले विवाहित छोरीको गोली हानी हत्या गरेका छन् । पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले छोरी बेलमती महरा (धामी)को गोली हानी हत्या गरेका हुन् । शनिवार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

‘छोरीको हत्या गरेर बुवा फरार छन्,’ उनले भने, ‘घटना भएको खबरपछि पुरघाट प्रहरी चौकीबाट प्रहरी टोली खटिएको छ ।’ घटनामा भरुवा बन्दुक प्रयोग भएको प्रहरीले जनाएको छ । घटनापश्चात् फरार रहेका महराको खोजी कार्य तीव्र पारिएको छ । बेलमती गएको एक महिनादेखि माइतमै बसिरहेकी थिइन् ।

सम्बन्धित समाचार