२०८२ माघ ५ गते , सोमबार

भारतको उत्तराखण्डमा हिमताल फुट्दा भीषण बाढी, १० जनाको मृत्यु, १५० बढी बेपत्ता

sajilo news
पार्थ मण्डल
२०७७ माघ २५ गते , आईतबार
भारतको उत्तराखण्डमा हिमताल फुट्दा भीषण बाढी, १० जनाको मृत्यु, १५० बढी बेपत्ता

एजेन्सी । भारतको उत्तराखण्डमा हिमताल फुटेर आएको भीषण बाढीमा परी १० जनाको मृत्यु भएको छ भने १५० जना बढी बेपत्ता भएका छन्। चमोली जिल्लाको जोशीमठमा हिमताल फुट्दा धौलीगंगा नदीमा बाढी आएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।  हिमताल विस्फोटपछि आएको बाढीले ऋषि गंगा जलविद्युत् आयोजनामा कार्यरत १५० मजदुर बढी बेपत्ता भएको समाचार संस्था दैनिक भाष्करले लेखेको छ। बाढी आसपासका गाउँमा पसेको र घरहरूमा ठूलो क्षति गरेको जनाइएको छ। 

हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहित जिल्ला प्रशासन कार्यालयको टोली घटनास्थलतर्फ गएको छ। यस्तै, नदी आसपासका गाउँका मानिसहरुलाई त्यहाँबाट अन्यत्रै सारिन लागिएको छ। उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि घटनास्थलतर्फ लागेको बताइएको छ। उनले ट्वीट गर्दै अफवाह नफैलाउन ध्यान दिँदै पुरानो भिडियो शेयर नगर्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार