झापाली समाज कतारद्वारा क्यान्सर पीडित बालकलाई एक लाख सहयोग
झापा । झापाली समाज कतारले झापाको अर्जुनधारा २ का एक क्यान्सर पीडित बालकलाई उपचारमा सहयोग पुर्याउन आर्थिक सहयोग गरेको छ । समाजले आज सोमबार झापाको अर्जुनधारा-२ का क्यान्सर पीडित ९ वर्षीय बालक प्रशान्त सुनारलाई एक लाख १ सय ५ रुपैंया आर्थिक सहयोग गरेको हो ।
अर्जुनधारा वडा २ का वडाध्यक्ष रघुनाथ खनाल, झापाली समाज कतारका संस्थापक अध्यक्ष तथा प्रवासी समाज झापाका अध्यक्ष गणेश काफ्ले, कार्यसमिति सदस्य सुदर्शन रोक्का , समाजका सहयोगी सुजन खड्का लगायतले संयुक्त रुपमा उक्त रकम पीडित बालकका बुबा विष्णु सुनार तथा आमा सन्तोषी सुनारलाई प्रदान गरेका हुन् ।
आर्थिक अवस्था नाजुक भएका पीडित बालकलाई उपचारमा केही सहज होस भन्ने हेतुले समाजले सहयोग गरेको समाजका कार्यसमिति सदस्य सुदर्शन रोक्काले बताए । बोर्न म्यारोको क्यान्सरबाट दुई वर्ष अघि देखि पीडित बनेका विपन्न सुनारका बारेमा अर्जुनधारा सेवा समाजका अध्यक्ष गणेश दुलालले समाजलाई जानकारी गराएका थिए । समाजले सामाजिक उत्तरदायित्व तथा मानवीय भावनाले सुनारलाई सहयोग गरेको जनाएको छ ।
२ वडाध्यक्ष रघुनाथ खनालको प्रमुख आतिथ्यमा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रमको सञ्चालन कार्य समिति सदस्य सुदर्शन रोक्काले गरेका थिए । कार्यक्रममा विभिन्न सामाजिक , शैक्षिक तथा राजनीतिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।