२०८२ माघ ५ गते , सोमबार
बिर्तामोडमा पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने पक्राउ
झापा । बिर्तामोडमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ६ बस्ने २५ वर्षीय सफिक आलम रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार सोमबार दिउँसो बिर्तामोडको पुरानो भद्रपुर रोड छेउमा पार्किङ गरी राखेको मे १० प २६७६ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।
मोटरसाइकल चोरी भएपछि गाडी धनी बिर्तामोड २ बस्ने होमनाथ सिवाकोटीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दिएका थिए । जाहेरीको आधारमा तत्काल इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा आलमलाई चोरी गरेको मोटरसाइकलसहित पक्राउ गर्न सफल भएको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ ।