२०८२ माघ ५ गते , सोमबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यासमा २५ रुपैयाँ वृद्धि

sajilo news
पार्थ मण्डल
२०७७ माघ २८ गते , बुधबार
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यासमा २५ रुपैयाँ वृद्धि

झापा । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको निगमले जानकारी दिएको हो । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।

सम्बन्धित समाचार