२०८२ माघ ५ गते , सोमबार

साढे १४ लाखको कपडासहित एक व्यक्ति पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ माघ २९ गते , विहीबार
साढे १४ लाखको कपडासहित एक व्यक्ति पक्राउ

झापा  । भारतबाट तस्करीको माध्यमबाट नेपाल भित्र्याइएको १४ लाख ५२ हजार ४५० मूल्य बराबरको कपडासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय इटहरीले भन्सार छलेर ल्याएको कपडासहित विराटनगर–५ का कनबिर मुस्ताकिमलाई नियन्त्रणमा लिएको हो ।

इटहरी–८ स्थित कोसी राजमार्गमा १ ज २१८८ नम्बरको छोटा हात्ती म्याजिक गाडीमा सो मूल्य बराबरको कपडा लोड गरी राखिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।  गाडीमा साडी, कुर्ता–सुरुवाल, ब्लाउज रहेको इप्रका इटहरीका प्रहरी निरीक्षक केशव कटवालले जानकारी दिए। नियन्त्रणमा लिइएको कपडा, गाडी र मुस्ताकिमलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइसकेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार