२०८२ माघ ५ गते , सोमबार

भागरथीको हत्यारालाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीको गृह जिल्लामा प्रदर्शन

sajilo news
पार्थ मण्डल
२०७७ माघ २९ गते , विहीबार
भागरथीको हत्यारालाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीको गृह जिल्लामा प्रदर्शन

झापा । भागरथी भट्टको हत्यारालाई तत्काल कानुनको दायरामा ल्याउन मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा युवाहरुले प्रदर्शन गरेका छन्। मञ्जुश्री असहाय संरक्षण केन्द्र झापाले बिर्तामोडको मुक्ति चोकमा बिहीबार दिउँसो मौन र्याली प्रदर्शन गरेका हुन्।  सहभागीहरूले निधार र मुखमा कालो पट्टी बाँधेर प्रदर्शन थिए। 
प्रदर्शनकारीहरुले भागरथीको हत्यारालाई कारबाही गर, भागरथीलाई न्याय दे सरकार, बलात्कार एक सामाजिक जघन्य अपराध हो, अपराधीलाई मारी दे, फाँसी दे, काटी दे, हाम्रो छोरी चेली निर्धक्क हिँड्ने वातावरण बनाइदेऊ सरकार भन्ने प्लेकार्ड बोकेका थिए।

सहभागीहरूले भागरथी भट्टको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरेका थिए। माघ २१ बैतडीको दोगडा केदार गाउँपालिका–७ की १७ वर्षीया भट्टको स्थानीय लवलेक सामुदायिक वनमा हत्या भएको थियो। अस्पतालको पोस्टमार्टम रिपोर्टका अनुसार उनको बलात्कारपछि घाँटी निमोठेर हत्या गरिएको पुष्टि भइसकेको छ। नौ दिनअघि हत्या भएकी भट्टको विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेका छन्। तर, अहिलेसम्म अपराधी पत्ता लागेको छैन।

सम्बन्धित समाचार