२०८२ माघ ५ गते , सोमबार

बिर्तामोडमा ठगी मुद्दाका फरार अभियुक्त पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ माघ २९ गते , विहीबार
बिर्तामोडमा ठगी मुद्दाका फरार अभियुक्त पक्राउ

झापा । झापामा ठगी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ परेका उनलाई कैद भुक्तानका लागि झापा कारागार चलान गरिएको प्रहरी कार्यालय झापाले जनाएको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले ठगी मुद्दाका फरार अभियुक्त बिर्तामोड ३ निवासी ३६ वर्षीय खेमचन्द्र राई बुधवार पक्राउ गरेको हो । राईलाई सर्वोच्च अदालतको २०७४ मङ्सिर १३ गतेको फैसला अनुसार दुई वर्ष ६ महिना कैद र २३८ रुपैयाँ जरिवाना तोकिएको थियो । 

सम्बन्धित समाचार