२०८२ माघ ५ गते , सोमबार
झापाबाट मोरङ ससुराली गएका ज्वाइँले गरे सासूको हत्या
झापा । धारिलो हतियार दाउ प्रहार गरी ज्वाइँले आफ्नै सासूको हत्या गरेका छन् । मोरङको जहदा गाउँपालिका १ बस्ने ५५ बर्षीया जोखनी देवी सवरीयालाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको आरोपमा झापा गौरीजञ्ज गाउँपालिका १ का २७ वर्षीय कनूँ भनिने प्रेमलाल मण्डल पक्राउ परेका छन् । उनीहरू नातामा ज्वाइँ सासू पर्छ ।
ज्वाइँ मण्डलले बुधवार बिहान सवा ७ बजेको समयमा सामान्य घरायसी वादविवादको क्रममा दाउले सासू सवरीयाको टाउकोमा प्रहार गरेका थिए । घाइते भएकी सवरियाको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा बिहीबार दिउँसो २ बजे मृत्यु भएको हो । सवरियाको हत्या आरोपमा पक्राउ परेका मण्डलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।