२०८२ माघ ५ गते , सोमबार
झापामा ब्राउनसुगर र गाँजासहित तीन जना पक्राउ
झापा । झापाको अर्जुनधारा नगरपालिका ११ बाट लागु औषध ब्राउनसुगर र गाँजासहित तीन जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ वर्षीय रबिन तामाङ, २८ वर्षीय दिलकुमार राई र भद्रपुर ५ का ३८ वर्षीय हिलिहाङ तुम्बाम्फोलाई बिहीबार राती लागु औषधसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ४८० मिलिग्राम लागु औषध ब्राउनसुगर, ट्रमा डोल क्याप्सुल ५९ ट्याब्लेट र २०० ग्राम गाँजा बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको जनाइएको छ ।