२०८२ माघ ५ गते , सोमबार

फेरि बढयो पेट्रोलियम पदार्थको मुल्य 

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन ४ गते , मंगलबार
फेरि बढयो पेट्रोलियम पदार्थको मुल्य 

झापा । सरकारले फेरि पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको हो । निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको र मंगलबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।
मूल्य समायोजन पश्चात् पनि निगमलाई पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटर चार रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यासमा २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको छ । अर्धमासिक रुपमा करिब ८६ करोड ७८ लाख घाटा नै रहने छ । यसअघि आयल निगमले माघ २८ गते बुधबार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो । 

सम्बन्धित समाचार