२०८२ माघ ५ गते , सोमबार

बिर्तामोड उद्योग वाणिज्य सङ्घको नेतृत्व लिन छुट्टाछुट्टै प्यानल

व्यवसायीलाई चुनावको चटारो

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन ५ गते , बुधबार
बिर्तामोड उद्योग वाणिज्य सङ्घको नेतृत्व लिन छुट्टाछुट्टै प्यानल

झापा । फागुन १६ गते हुने बिर्तामोड उद्योग वाणिज्य सङ्घको निर्वाचनका लागि लोकतान्त्रिक व्यावसायिक प्यानल र संयुक्त व्यवसायी प्यानलले छुट्टा छुट्टै उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेस समर्थक व्यवसायीहरूले प्रकाश सिवाकोटीको अध्यक्षतामा लोकतान्त्रिक व्यावसायिक प्यानल र नेकपा तथा राप्रपा समर्थक व्यवसायीले सुवास भट्टराईको अध्यक्षतामा संयुक्त व्यावसायिक प्यानल घोषणा गरेको हो ।

लोकतान्त्रिक व्यावसायिक प्यानलमा वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्षमा सञ्जीव घिमिरे, वाणिज्य उपाधयषमा राजु घिमिरे (राज) जनसम्पर्क महिला उपाध्यक्षमा नैनकला भट्टराई, महासचिवमा रवीन्द्र भट्टराई, उद्योग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा राजकुमार साह र कोषाध्यक्षमा दीपेन्द्र राउत रहेका छन् भने सह कोषाध्यक्षमा राधिका चुँडाल हुमागाईँ रहेका छन् ।

त्यस्तै सदस्यहरूमा विशाल थापा, शनि गोयल, विकास बस्नेत, दीपक मित्तल, मनोज रौनियार, पुकार बराल, बलराम सिटौला (राम) रहेका छन् ।महिला सदस्यमा तिलोत्तमा खत्री र तुलसा ढकाल रहेका छन् ।

उता संयुक्त व्यवसायी प्यानलको तर्फबाट भट्टराईको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, राप्रपाका तर्फबाट उद्योग उपाध्यक्षमा प्रकाश घिमिरे, नेकपाका तर्फबाट वाणिज्य उपाध्यक्ष रामकृष्ण अधिकारी, जनसम्पर्क उपाध्यक्षमा उर्मिला बिमली खरेल, महासचिवमा अर्जुन मैनाली, उद्योग सचिवमा धनबहादुर डाँगी,राप्रपाका तर्फबाट वाणिज्य सचिवमा कृष्ण पौडेल, नेकपाका तर्फबाट कोषाध्यक्षमा दुर्गा थपलिया र राप्रपाका तर्फबाट सह कोषाध्यक्षमा रञ्जु प्याकुरेलको उम्मेदवारी घोषणा गरिएको हो ।

त्यस्तै, नेकपाबाट सदस्य पदमा बिसन लिम्बू, गुञ्जन प्रसाईँ, गौरीशङ्कर गुप्ता ९टिंकु० ,भगीरथ लुइँटेल, उदय शाह तथा महिला सदस्यमा रुचि सिवाकोटी , राप्रपाका तर्फबाट महिला सदस्यमा सोनी अग्रवाल, खुल्ला सदस्यमा सूर्यकुमार खतिवडा र गोविन्द कार्कीको उम्मेदवारी घोषणा गरिएको हो ।

लोकतान्त्रिक व्यावसायिक प्यानलका तर्फबाट २९ बुँदे प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गरिएको छ भने संयुक्त व्यवसायी प्यानलले २७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । नेकपा र राप्रपा समर्थक व्यवसायिकहरुको तर्फबाट भएको पत्रकार सम्मेलनमा नेकपा १ नम्बर प्रदेशका इन्चार्ज देवराज घिमिरे, नेकपा झापा सचिव विजय सम्पाङ, निर्वाचन परिचालन समन्वय समितिका सह संयोजक वेदप्रकाश अग्रवालले शुभकामना व्यक्त गरेका थिए ।

कृष्ण पौडेलले स्वागत गरेको कार्यक्रमको सहजीकरण प्रचारप्रसार समितिका संयोजक गोपाल काफ्लेले गरेका थिए । यता नेपाली काँग्रेस समर्थक व्यवसयिकहरुको उम्मेदवारी घोषणा कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुधीर कुमार सिवाकोटी, नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा, कोषाध्यक्ष केशवराज पाण्डे लगायतले उम्मेदवारलाई शुभकामना दिएका थिए ।

नेपाली काँग्रेसका नेता देउकुमार थेबेले उम्मेदवारको नामावली घोषणा गरेको कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले गरेका थिए । फागुन ६ गते बिहीबार उम्मेदवारको मनोनयन दर्ता गरिने बताइएको छ । आगामी फागुन १६ गते हुने निर्वाचनमा चार हजार पाँच सय ३९ मतदाता रहेका छन् । यसबाहेक ११ जना पूर्वअध्यक्षहरु मतदाता रहने छन् ।

सम्बन्धित समाचार