२०८२ माघ ५ गते , सोमबार

सस्तोमा गाडी लिलामी गर्दै भन्सार कार्यालय, साढे ३ लाखमा पिकअप भ्यान

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १४ गते , शुक्रबार
सस्तोमा गाडी लिलामी गर्दै भन्सार कार्यालय, साढे ३ लाखमा पिकअप भ्यान

झापा । नेपालको पूर्वी नाकास्थित पशुपति भन्सार कार्यालयले सस्तोमै सवारी साधनको लिलामी गर्ने भएको छ । चोरी पैठारीको अभियोगमा भन्सार कार्यालयबाट जफत भएका मोटरसाइकल तथा गाडीहरु भन्सार कार्यालयले लिलामी गर्न लागेको हो । 

यसरी लिलामी हुने सूचीमा महिन्द्रा पिकअप भ्यान, मारुती जेन कार, हिरो होन्डा स्कुटर, टिभीएस मोटरसाइकल, यामाहा आर१५ मोटरसाइकल, अपाचे मोटरसाइकल, पल्सर मोटरसाइकल ६ वटा, एनएस पल्सर २ वटा माज्दा ट्रक, इको भ्यान, रोयल इन्फिल्ड मोटरसाइकल, केटीएम ड्युक, केटीएम आरसी र एभेञ्जर मोटरसाइकलहरु छन् ।

२१ वटा सवारी साधनमध्ये १२ वटा सवारीसाधन भने बोलपत्रकर्ताको नाममा दर्ता हुँदैन । बाँकी ९ वटा भने दर्ता हुन्छ । यी सवारीसाधनको न्यूनतम कबोल मूल्य बजार मूल्यभन्दा निकै सस्तो तोकिएको छ । 

महिन्द्रा पिकअप भ्यानको मूल्य न्यूनतम ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यामाहा आर १५ को मूल्य ४० हजार, पल्सर मोटरसाइकलमा २०११ मोडलको २५ हजार र २०१४ मोडेलको ५० हजार रुपैयाँ तोकिएको छ । यी सबै दर्ता हुने खालका सवारी साधन हुन् । 

त्यस्तै, दर्ता हुने खालकै रोयल इन्फिल्ड बाइक १ लाख ७० हजार रुपैयाँ, पल्सर एनएस १ लाख २५ हजार रुपैयाँ, केटीएम ड्युक २ लाख रुपैयाँ र केटीएम आरसी २०० को न्यूनतम मूल्य २ ला २५ हजार रुपैयाँ तोकिएको छ ।  दर्ता नहुने खालका सवारी साधनको भने मूल्य निकै कम छ । आर्थिकन्यूजबाट

सम्बन्धित समाचार