२०८२ माघ ५ गते , सोमबार

अध्यक्ष कप : ब्रदर्स युनाईटेड चन्द्रगढी सेमिफाइनल प्रवेश

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १४ गते , शुक्रबार
अध्यक्ष कप : ब्रदर्स युनाईटेड चन्द्रगढी सेमिफाइनल प्रवेश

(केशव चापागाईँ) मदरगाछ । स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा ब्रदर्स युनाइटेड चन्द्रगढी प्रवेश गरेको छ ।

शुक्रवार भएको खेलमा ब्रदर्सले झापा एफसी राजगढलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । दीप ज्योति युवा क्लब झापा गाउँपालिका ७ को आयोजनामा भइरहेको प्रतियोगितामा दुवै टिमबाट निर्धारित समयमा १-१ गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। खेलको १७ मिनेटमा राजगढका जर्सी नम्बर १७ का राजकुमार कंदङ्वाले १ गोल गर्दै आफ्नो टिमलाई अगाडि बढाएसँगै चन्द्रगढीका जर्सी नम्बर ९ का सबिन थापा मगरले खेलको २९ औं मिनेटमा जवाफी गोल फर्काएका थिए । त्यसपछि खेल ट्राइबेकरमा धकेलिएकोमा चन्द्रगढीले ३-० को गोल अन्तरले राजगढलाई पराजित गरेको हो ।

यो सँगै ब्रदर्स युनाइटेड र रेड स्टार बिर्तामोड बिच सेमिफाइनल खेलमा भेट हुने पक्का भएको छ। आज भएको खेलको म्यान अफ दी म्याच ब्रदर्स युनाइटेडका गोल किपर आमस टुडु भएका छन् । उनले नगद सहित ट्रफी र प्रमाण पत्र पाए । भोलि शनिवार पहिलो सेमिफाइनल खेलमा जलथल एफसी र श्री नयाँ नाथ गण चारआली बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विजेता टिमलाई १ लाख १ हजार १११ र उपविजेता हुने टिमलाई ५१ हजार १११ साथमा ट्रफी प्रदान गरिने खेल संयोजक नेत्रप्रसाद सिटौलाले बताए ।

सम्बन्धित समाचार