२०८२ माघ ५ गते , सोमबार
लागु औषधसहित दुई नेपाली युवक भारतमा पक्राउ
झापा । लागु औषधसहित दुई नेपाली युवक भारतमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रदीप तामाङ र सुनिल विश्वकर्मा रहेको भारतीय प्रहरीले जनाएको छ । झापाको काँकडभिट्टा नाकादेखि ५ किलोमिटर उत्तर नक्सलबाडीको एसियन हाइवेबाट नेपाली युवकद्धयलाई लागु औषधसहित नक्सलबाडी प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले ३१ डाइजेपम, ३१ फेनारगन र ३१ पिस लुपीजेसीक बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि नक्सलबाडी प्रहरी कार्यालयमा राखिएको जनाइएको छ । उनीहरू लागु औषध लिएर नेपाल आउन लागेको भारतीय प्रहरीले जनाएको छ ।