२०८२ माघ ५ गते , सोमबार
बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ
झापा । बहुविवाह मुद्दाका एक जना फरार अभियुक्त पक्राउ परेका छन् । झापा जिल्ला अदालतको २०७१ भदौ ३० गतेको फैसला अनुसार बहुविवाह मुद्दामा साबिक शान्तिनगर ६ र हाल मेचीनगर १० बस्ने ३० वर्षीय तोयानाथ अधिकारीलाई एक वर्ष ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
हालसम्म फरार रहेका अभियुक्त अधिकारीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले फागुन १७ गते पक्राउ गरेको हो । कैद भुक्तानको लागि उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।