२०८२ माघ ५ गते , सोमबार

जबरजस्ती करणी मुद्दाका फरार महिला अभियुक्त पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन १९ गते , बुधबार
जबरजस्ती करणी मुद्दाका फरार महिला अभियुक्त पक्राउ

झापा । झापामा मानव ओसारपसार तथा जबरजस्ती करणी मुद्दाका फरार एक महिला अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविक खजुरगाछी गाबिस ५, हाल गौरीगंज गाउँपालिका  ६ बस्ने २६ बर्षीया रबिना राजबंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार झापा जिल्ला अदालतको  २०७६ असार ३० गतेको फैसला अनुसार मानव ओसारपसार तथा जबरजस्ती करणी मुद्दामा  राजवंशीलाई ११ बर्ष कैद सजाय र  एक लाख रुपैयाँ जरिवाना तोकेको छ । फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेश गरेका थिए । उनलाई कैद भुत्तानका लागि अदालते झापा कारगार पठाउन आदेश दिइसकेको र हाल उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ । 

सम्बन्धित समाचार