२०८२ माघ ५ गते , सोमबार

वीरता जेसीजद्वारा निःशुल्क आँखा शिविर

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २१ गते , शुक्रबार
वीरता जेसीजद्वारा निःशुल्क आँखा शिविर

बिर्तामोड । वीरता जेसीजको आयोजनामा सूर्योदय नगरपालिका –१४ लक्ष्मीपूरस्थित बुद्ध माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षता तथा वडाध्यक्ष नरबहादुर सुवेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक वीरता जेसीजका अन्तर शाखा समन्वय संयोजक जीवन खड्काले स्वागत गरेका थिए ।

 बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा दुई सय ३० जनाले आँखा परीक्षण गराएका थिए । शिविरमा सहभागीलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

सोही कार्यक्रममा  एडभान्स प्याथोलोजी बिर्तामोडको प्राविधिक सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीको रक्त समूह परीक्षण समेत गरिएको थियो ।  त्यसैगरी वीरता जेसीजले विद्यालयमा रहेको पुस्तकालयका लागि पुस्तक उपलब्ध गराएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्ध तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दुई सय ५० भन्दा बढी पुस्तक प्रदान गरिएको थियो ।  

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सन्तोष पौडेल , नेपाल तरुण दल क्षेत्र नं. २का क्षेत्रीय सभापति राम धिमाललगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठले गरेका थिए ।  

सम्बन्धित समाचार