२०८२ माघ ५ गते , सोमबार

भोलिदेखि मेची रङ्गशालामा मेयर कप नकआउट फुटबल प्रतियोगिता

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २६ गते , बुधबार
भोलिदेखि मेची रङ्गशालामा मेयर कप नकआउट फुटबल प्रतियोगिता

झापा भद्रपुरस्थित मेची रङ्गशालामा प्रथम मेयर कप वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको महाशिवरात्रिको अवसरमा भोलि बिहीबारदेखि चैतगतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिले बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो

भद्रपुर नगरपालिका कार्यालयको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिले पहिलो पटक प्रथम मेयर कप वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता गर्न लागेका हुन   खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान, भन्ने उद्देश्यका साथ उक्त प्रतियोगिता गर्न लागेको समितिका संयोजक श्यामकुमार राउतले जानकारी दिए

लोकप्रिय फुटबल खेललाई अघि बढाउँदै खेलाडीहरूको पहिचान गरी राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने मुख्य लक्ष्य रहेको बताउँदै उनले भने, ‘वडा स्तरबाट छानिएका उत्कृष्ट खेलाडीलाई समावेश गरी नगर स्तरीय टिम गठन गर्ने योजना पनि हो प्रतियोगितामा विजेता टिमलाई नगद ३० हजार उपविजेता टिमलाई नगद २० हजारसहित ट्रफि प्रदान गरिने समितिका सदस्य राजन भट्टराईले जानकारी दिए त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट गोलकर्ता, म्याद अफ म्याचका खेलाडीलाई पनि पुरस्कृत गरिने उनले बताए साथै नगरबाट फुटबल क्षेत्रमा योगदान पुर्याउने अग्रज खेलाडीलाई पनि सम्मान गरिने उनले बताए

नगरभित्रका १० वटा वडाले प्रतियोगितामा भाग लिने उद्घाटन खेलमा वडा नम्बरबिच प्रतिस्पर्धा हुने आयोजक समितिका सदस्य तुलसी कार्कीले जानकारी दिए आयोजक समितिका सहसंयोजक यामकुमार लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले नगरका युवा वर्गलाई खेलकुद क्षेत्रमा टिकाई राख्न नगरपालिकाले बजेट नै विनियोजन गरी विभिन्न खेल प्रतियोगिताहरू आयोजना गर्न थालेको बताए

ओझेलमा पर्दै गइरहेको जिल्लाकै एक मात्र सरकारी मेची रङ्गशालालाई ब्युँताउने जिम्मेवारी हामी सबैको दायित्व रहेको बताउँदै उनले भने, ‘रङ्गशालामा विभिन्न प्रतियोगिताको आयोजना गरिराख्नु पर्छ कार्यक्रममा झापा जिल्ला विकास समितिका कार्यालय प्रमुख टहलदास मैनाली, नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रेमबहादुर भुजेल, समितिका सदस्य, खेल प्रशिक्षक, पत्रकार लगायतको उपस्थिति रहेको थियो

 

सम्बन्धित समाचार