२०८२ माघ ५ गते , सोमबार

काँकडभिट्टाको विशाल होटेलमा प्रहरीको छापा, अफिमसहित दुई भारतीय महिला पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २६ गते , बुधबार
काँकडभिट्टाको विशाल होटेलमा प्रहरीको छापा, अफिमसहित दुई भारतीय महिला पक्राउ

झापा । नेपालमा प्रतिबन्धित लागू औषध अफिमसहित दुई भारतीय महिला पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा भारतको मणिपुर इम्फाल निवासी ३० वर्षिया लक्ष्मी क्षेत्री र पश्चिम बङ्गाल दार्जिलिङ निवासी ३८ वर्षिया गायत्रीदेवी क्षेत्री रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । पक्राउ परेका दुवै जनाको भारत स्थानीय घर भएका नेपाली भाषी हुन् । 
लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौं र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई विशेष सूचनाको आधारमा बुधवार बिहान मेचीनगर नगरपालिका ६ स्थित न्यु विशाल होटेलमा छापा मारेर पक्राउ गरेको हो । 
होटेलको कोठा नम्बर १०५ मा अफिमको कारोबार भइरहेको सूचना प्रहरीले पाएका थिए । छापा मारेर प्रहरीले उनीहरूको साथबाट २ केजी अफिम बरामद गरेको डिएसपी थापाले बताए । उनीहरूले कालो निलो रङ्गको प्लास्टिकको जेब्रा झोलाभित्र दुई वटा पोका अफिम लुकाई छिपाई राखेका थिए । 
पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान अघि बढाइसकेको जनाइएको छ ।  पक्राउ परेका महिलाको नाता के हो, उनीहरूले कहिले नेपाल आएको र यस घटनामा को(को संलग्न छ भन्ने विषयमा थप अनुसन्धान अघि बढाइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिए ।
 

सम्बन्धित समाचार