२०८२ माघ ५ गते , सोमबार

सर्वोको स्टिकर टाँसी मोबिल र इनामेलको कालोबजारी, एक व्यापारी पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ फाल्गुन २७ गते , विहीबार
सर्वोको स्टिकर टाँसी मोबिल र इनामेलको कालोबजारी, एक व्यापारी पक्राउ

झापा । मोरङमा मोबिल र इनामेल कालोबजारी गरेको अभियोगमा एक व्यापारी पक्राउ पक्राउ परेका छन् ।  मोरङ विराटनगर ११ जनपथ टोलका ७८ वर्षीय शंकरलाल खेमकालाई मोबिल र इनामेल कालोबजारी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । 
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउसो खेमकाको गोदामबाट २०० लिटर मोबिल सहितको १५ वटा ड्रम, २० लिटरको मोबिल सहितको ३ वटा ड्रम, १० लिटरको मोबिल सहितको २ वटा बाल्टी, १ लिटरको मोबिल सहितको १४ वटा बट्टा, २०० लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टिकर १०० पिस, सर्वोको स्टिकर छाप्ने फर्मा २१ वटा, खाली १ लिटर वाला सर्वोको स्टिकर लगाएको १०० थान, स्टिकर नलगाएको १ लिटरको खाली बोतल २०० थान, एसियन पेन्ट लेखिएको इनामेल ५०० लिटरको ७ बट्टा बरामद गरेको छ ।
उनले विगत २० वर्ष अगाडी देखि गोदाम भाडामा लिई नक्कली मोबिललाई सर्वोको स्टिकर टाँसी विक्री वितरण गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका खेमकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार