२०८३ बैशाख २२ गते , मंगलबार

उद्योग सङ्गठन मोरङ अध्यक्षमा प्याकुरेल 

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १ गते , आईतबार
उद्योग सङ्गठन मोरङ अध्यक्षमा प्याकुरेल 

झापा । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगीहरूको आबद्ध उद्योग सङ्गठन मोरङको अध्यक्षमा सुयश प्याकुरेल सर्वसम्मत निर्वाचित भएका छन्।उद्योग सङ्गठन मोरङको ४८ औं वार्षिक साधारण सभापछि भएको निर्वाचन प्रक्रियाबाट प्याकुरेल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन । उनी सङ्गठनको वरिष्ठ उपाध्यक्ष थिए ।

निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा प्रदीप मुरारका निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षहरूमा राजकुमार गोल्छा, नन्द किशोर राठी, भोलेश्वर दुलाल निर्वाचित भएका छन् । कोषाध्यक्षमा विपिन कावरा चयन भएका छन् ।

सङ्गठनको कार्यकारिणी सदस्यहरूमा सुरेन्द्र गोल्छा, तारानाथ निरौला, इन्द्र खत्री (राजन), पारस लुनियां, सुनिल कुमार धनावत, सुबोध कोइराला, सुदिप घिमिरे, सौरभ सारडा निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार