२०८२ माघ ५ गते , सोमबार
८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६६ वर्षीय मुखिया पक्राउ
मोरङ । मोरङको रतुवामाई नगरपालिकाबाट प्रहरीले बलात्कारमा संलग्न भएको भन्दै एक ब्यक्तिलई पक्राउ गरेको छ । ८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा रतुवाई नगरपालिकाका ६६ वर्षीय फौदीलाल मुखिया पक्राउ परेका हुन् । प्रहरीका अनुसार घाँस काट्न गएकी ८ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई शनिबार पक्राउ गरिएको हो ।
बालिकाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । पक्राउ परेका वृद्धमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक राईले जानकारी दिए ।