२०८२ माघ ५ गते , सोमबार

शिवसताक्षीले उचाल्यो पालिकास्तरिय कर्मचारी फुटबलको उपाधि

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १ गते , आईतबार
शिवसताक्षीले उचाल्यो पालिकास्तरिय कर्मचारी फुटबलको उपाधि

बिर्तामोड ।  शिवसताक्षी नगरपालिका झापामा आयोजित पालिका स्तरीय कर्मचारी फुटबल नकआउट प्रतियोगिताको च्याम्पियन बनेको छ। डोमालाल राजवंशी रङ्गशालामा दमक नगरपालिकालाई २-१ गोल अन्तरले हराउँदै शिवसताक्षी नगरपालिका प्रतियोगिताको उपाधि हत्याउन सफल भएको हो । नकआउट फुटबल प्रतियोगिताको दोस्रो उपाधि दमक नगरपालिकाकाले पाएको छ । उपाधि विजेता शिवसताक्षीले ५१ हजार मेडल ट्रफी र प्रमाणपत्र पाएको छ । उपविजेता दमकले ३१ हजार पाएको छ ।

पहिलो हाफको दसौँ मिनेटमा उमेश दाहालले एक गोल गरेर दमक नगरपालिकालाई १-० गोल अन्तरले पछि पारेका थिए । १-० गोल अन्तरले अगाडि बढेको शिवसताक्षी नगरपालिकाले दोस्रो हाफको ४० औं मिनेटमा कञ्चन मल्लीकले १ गोल गरेर नतिजा दोब्बर बनाए । खेलको ५५ औं मिनेटमा दमक बिकी केशरीले १ गोल गरेका थिए । बिर्तामोड नगरपालिकाको आयोजनामा गएको फागुन २२ देखि जारी अन्तर पालिका स्तरीय कर्मचारी नकआउट फुटबल प्रतियोगितामा झापाका १५ वटै पालिकाको सहभागिता थियो ।

सम्बन्धित समाचार