२०८२ माघ ५ गते , सोमबार

४० ग्राम खैरो हिरोइनसहित मेची पुलबाट इटहरीका दुई युवक पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २ गते , सोमबार
४० ग्राम खैरो हिरोइनसहित मेची पुलबाट इटहरीका दुई युवक पक्राउ

झापा । काँकडभिट्टाको मेची पुलबाट लागु औषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका  ४ बस्ने २३ बर्षीय आशिष चौधरी र बराहक्षेत्र नगरपालिका ७ घर भई हाल इटहरी उप महानगरपालिका ७ बस्ने  २४ वर्षीय लोकनाथ भण्डारी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । 

भारतबाट आउँदै गरेका उनीहरूलाई मेचीनगर नगरपालिका ६ स्थित मेची पुलमा लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले विशेष सुराकीको आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट ४० ग्राम खैरो हिरोइन बरामद गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा  राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ । उनीहरूलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार