२०८२ माघ ५ गते , सोमबार

दार्जिलिङका एक दम्पत्ति ब्राउन सुगरसहित धरानमा पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ४ गते , बुधबार
दार्जिलिङका एक दम्पत्ति ब्राउन सुगरसहित धरानमा पक्राउ

झापा । सुनसरीको धरानबाट लागू औषधसहित एक दम्पत्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत दार्जिलिङ बस्ने ३१ बर्षीय बिशन घले र उनको श्रीमती २२ बर्षीया पुन्य तामाङ रहेका छन् ।
उनीहरुलाई धरान भानुचौक स्थित तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट लागूऔषध ब्राउन सुगर ६ ग्राम ८० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका उनीहरुमा माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार