२०८२ माघ ५ गते , सोमबार
झापामा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
झापा । चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर १० बस्ने ३१ वर्षीय प्रकाश लामिछाने क्षेत्री रहेका छन् । झापा जिल्ला अदालतको २०७६ चैत ४ गतेको फैसला अनुसार चोरी मुद्दामा उनलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो । कैद भुक्तानको लागि क्षेत्रीलाई झापा कारागार पठाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।