२०८२ माघ ५ गते , सोमबार

अश्लिल भिडियो बनाएर व्ल्याकमेलिङ गर्ने दुई महिला पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ५ गते , विहीबार
अश्लिल भिडियो बनाएर व्ल्याकमेलिङ गर्ने दुई महिला पक्राउ

झापा । विभिन्न व्यक्तिलाई होटल कोठामा बोलाई अश्लिल गोप्य भिडियो बनाएर व्ल्याकमेलिङ गरेको अभियोगमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतका लालसरी शाही (ललिता) र कल्पना हमाल छन् । उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

लालसरीले कोटेश्वरका एक पुरुषलाई सुन्धारास्थित गेष्टहाउसमा बोलाई बोलाई गोप्य भिडियो खिचेका थिए । सोही भिडियो ती पुरुषको मेसेञ्जरमा पठाई ब्ल्याकमेलिङ गरी आइएमईमार्फत बारम्बार रकम असुलेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । लालसरी यसअघि पनि विभिन्न मुद्दामा जेल बसिसकेका महिला हुन् ।

सम्बन्धित समाचार