२०८२ माघ ५ गते , सोमबार

मालपोत अधिकृत घुससहित पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ५ गते , विहीबार
मालपोत अधिकृत घुससहित पक्राउ

काठमाडौं । मालपोत कार्यालय कञ्चनपुरका अधिकृत घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको हो । जोशीले नामसारी तथा अंशबन्डा गरिदिए बापत सेवाग्राहीसँग घुस लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले  बताए । आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले जोशीको साथबाट ७९ हजार घुस रकम बरामद गरेको छ । मालपोत कार्यालय नजिकै रहेको सिटी क्याफे पछाडिबाट उनलाई पक्राउ गरिएको हो । घटनाबारे आयोगले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार