२०८२ माघ ५ गते , सोमबार

भद्रपुर वडा नम्बर ९ ले जित्यो प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र ७ गते , शनिबार
भद्रपुर वडा नम्बर ९ ले जित्यो  प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि

भद्रपुर । भद्रपुर प्रथम मेयर कप नकआउट वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ९ ले जितेको छ । मेची रङ्गशालामा शनिवार भएको फाइनल खेलमा वडा नम्बर ३ लाई ० का विरुद्ध २ गोलले पराजित गर्दै वडा नम्बर ९ ले उपाधिमा कब्जा जमाएको हो ।शनिवार सार्वजनिक बिदाका दिन उल्लेख्य दर्शक रहेको मेची रङ्गशालामा पहिलो हाफमा १ गोल गरेको वडा नं ९ ले मध्यान्तरपछि एक गोल थप्यो । वडा नं ३ का खेलाडीले गर्ने अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेनन् ।

उपाधिसँगै वडा नं ९ ले ३० हजार नगद पुरस्कारसहित शील्ड प्राप्त गरेको छ भने उपविजेता वडा नं ३ ले २० मा चित्त बुझाउनु परेको छ । प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि १ नै प्रदेशसभा सदस्य वसन्त बानियाँ, नगरप्रमुख जीवनकुमार श्रेष्ठ, ३ नं वडाध्यक्ष कमला थुलुङ, झापा उद्योग सङ्घका उद्योग उपाध्यक्ष दीपेश ढकाल लगायतले शील्ड तथा पदक वितरण गरेका थिए ।

नगर खेलकुद विकास समितिका संयोजक श्यामकुमार राउतको अध्यक्षता र नगर शिक्षा शाखाका प्रमुख प्रेम भुजेलले सञ्चालन गरेको समापन समारोहका अवसरमा भद्रपुरमा रहेर राष्ट्रिय अन्तर्राष्ट्रिय फुटबल  प्रतियोगितामा आफ्नो खेल कौशल प्रदर्शन गर्दै आएका रेजिन सुब्बालाई नगद १५ हजारसहित सम्मान गरिएको थियो भने भद्रपुरका पुराना खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो । प्रतियोगिता फागुन २७ गते सुरु भएको थियो । भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गरेका थिए । 

सम्बन्धित समाचार