२०८२ माघ ५ गते , सोमबार
झापामा बहु विवाह र लागु औषध मुद्दाका फरार दुई अभियुक्त पक्राउ
झापा । झापामा बहु विवाह र लागु औषध मुद्दाका फरार दुई अभियुक्त पक्राउ परेका छन् । झापा जिल्ला अदालतको २०७५ मङ्सिर ०३ गतेको फैसला अनुसार बहु विवाह मुद्दाका फरार अभियुक्त साबिक जिल्ला मोरङ सिजुवा २ हाल झापा मेचीनगर नगरपालिका १४ बस्ने २८ वर्षीय विश्वनाथ राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई अदालतले एक वर्ष कैद सजाय र १० हजार जरिवाना तोकेको छ । त्यस्तै अदालतको २०७०साल फागुन २१ गतेको फैसला लागु औषध मुद्दाका फरार अभियुक्त चारपाने १ हाल बिर्तामोड नगरपालिका १ बस्ने ३३ वर्षीय सञ्जय चौधरी पक्राउ परेका छन् । उनलाई अदालतले दुई महिना कैद र दुई हजार जरिवाना तोकेको छ । पक्राउ परेका दुवै जनालाई झापा जिल्ला अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि झापा कारागार भद्रपुर पठाइने प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।