२०८२ माघ ५ गते , सोमबार

ब्राउन सुगरसहित ६ जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र १० गते , मंगलबार
ब्राउन सुगरसहित ६ जना पक्राउ

उदयपुर  । उदयपुर चौदण्डी गढी नगरपालिका ४ स्थित नमुनाबाट लागु औषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर चौदण्डी गढी ५ का २३ वर्षीय सुनिल राई, उदयपुर त्रियुगा १३ का २४ वर्षीय हरि खड्का, सोही ठाउँका ३० वर्षीय खगेन्द्र राई र २४ वर्षीय दीपक रम्तेल रहेका छन् भने सप्तरी कंकालिनीका २० वर्षीय बब्लु मुखिया र २५ वर्षीय ऋषि कुमार क्षेत्री रहेका छन् । 
उनीहरूलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले सोमबार अपराह्न साढे ४ बजे पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट प्रहरीले ३ ग्राम ३८ मिलिग्राम  ब्राउनसुगर, ७ बोतल कोरेक्स, ५० ग्राम गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । साथै प्रहरीले उनीहरूको साथमा रहेका  ६ थान मोबाइल र नगद ३ हजार ५ सय २५ रुपैयाँ समेत बरामद गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

सम्बन्धित समाचार