२०८२ माघ ५ गते , सोमबार
नक्कली सुन दिएर ठगी गर्ने दुई जना पक्राउ
झापा । नक्कली सुनको सिक्का दिएर रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उप महानगरपालिका ९ का २० वर्षीय फैजान आलम र इनरुवा नगरपालिका १० का ४१ वर्षीय जल्लाउदिन मियाँ रहेको प्रहरीले जनाएको छ । उनीहरूले इटहरी ८ का यज्ञ विक्रम ठकुरीलाई आर्थिक प्रलोभन देखाई नक्कली सुनका सिक्काहरू दिएर रकम ठगी गरेको सूचनाका आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले पक्राउ गरेका हुन् । उनीहरूले ठकुरीबाट ४ लाख नगद ठगी गरी सम्पर्क विहीन भएका थिए । त्यसपछि पीडित ठकुरीले इलाका प्रहरी कार्यालय इटहरीमा जानकारी गराएका थिए । यता पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय इटहरीले जनाएको छ ।