२०८२ माघ ५ गते , सोमबार
स्कुटर चोरी गरेको आरोपमा दुई जना पक्राउ
झापा । स्कुटर चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको बुढिगंगा गाउँपालिका २ का २४ वर्षीय खगेन्द्र काफ्ले र २७ वर्षीय अर्बिन मगर रहेको प्रहरीले जनाएको छ । उनीहरूले चैत ८ गते इटहरीको धरान लाइनमा पार्किङ गरी राखेको को ३७ प ८१०५ नम्बरको स्कुटर चोरी गरेका थिए । चोरी भएको मोटरसाइकल खोजतलास गर्ने क्रममा प्रहरीले उनीहरूलाई स्कुटरसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय मोरङले जनाएको छ ।